नगर संछिप्त परिचय

कुनै समय माेरङ जिल्लाकाे सदरमुकाम समेत रहेकाे भनि विश्वास गरीएकाे हरैँचा, पछि हरैँचा गाविस, हरैँचा गाविस बाट बि‍ स २०३९ सालमा निर्माण भएकाे इन्द्रपुर गाविस र मृर्गाैलिया गाविसकाे सुखद संयाेजन बाट नेपाल सरकारले मिति २०७१ साल बैशाख  २५ गते यस नगरपालिकाकाे गठन गरेकाे हाे । पूर्व पश्चिम लाेकमार्गकाे करीब ५ किलाेमिटरकाे भागकाे छाेएकाे तथा खाेर्साने बाट केरावारी जाेड्ने सडक र विराटचाेक देखि विराटनगर जाेड्ने सडकले समेत यस नगरपालिकालार्इ जाेडेकाे छ । माेरङ जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरु मध्ये सबै भन्दा बढि सम्भावना बाेकेकाे नगरपालिकाकाे रुपमा काेसीहरैँचा नगरपालिका त छँदैछ यसका अतिरीक्त सचेत राजनैतिक दल र उत्प्रेरीत नगरवासी समेत याे नगरपालिकाका दरीलाे अनि दीगाे विकासकाे श्राेतका रुपमा रहेका छन् । पुराना नगरपालिकाहरुले समेत गर्न नसकेका कतिपय सकारात्मक कामहरु नागरीकहरुकाे प्रत्यक्ष साथ र सहयाेगमा नै विकासकाे अग्रपथमा अब्बल देखिने कुरामा दुर्इ मत छैन । विकास व्यवस्थापन लार्इ बैज्ञानिक तवरले नागरीकका मनाेअाकंक्षा हरुसँग समाहित भएकाे देखिन्छ । जातिय,सामाजिक,सांस्कृतिक सम्मेलन र सहकार्य यस नगरपालिका पहिचानकाे रुपमा क्रमश विकास हुदैँ गर्इरहेकाे छ भने कुनै पनि प्रकारकाे बन्द नहुने नगरपालिकाकाे रुपमा स्थानीय सराेकारवाला हरुले यस नगपालिकाकाे नयाँ परिचय स्थापित गर्दै गएकाे अबस्था छ । लक्षित वर्गका सामाजिक,अार्थिक, सशक्तिकरणका काम,भुकम्प प्रतिराेधी घर निर्माण गर्नका निमित्त अाधारभुत पूर्वाधार निर्माणका काम,नगर यातायात गुरु याेजना निर्माण गर्ने काम र चालु अा‍ ब बाट एकीकृत सम्पति कर व्यवस्थापन गर्ने कामले यस नगरपालिकाकाे दीगाे विकासका अाधार स्तम्भहरु तय गरेको सहजै अनुमान गर्न सकिन्छ । 

नगरपालिकामा सडक, विधुत, संचार जस्ता सुविधाहरु रहेकाले शहरीकरण प्रकृर्याले तिव्र रुप लिएको देखिन्छ । १५ वटा वडाहरु रहेको यस कोसीहरैँचा नगरपालिकामा कतिपय वडाहरुमा ग्रामिण विशेषताहरु रहेको पाइन्छ भने धेरैजसो वडाहरुमा शरीकरण भइरहेको पाइन्छ । नगरपालिकाको करीव ईण प्रतिशत जमिन वनजंगलले तथा झाँडीले ओगटेको छ भने करिव ११ प्रतिशत जमिन निर्माण क्षेत्रले ओगटेको छ । नगरपालिकाको अधिकांश भू-भागबाट आन्तरीक तथा बाह्य बसाइसराइको क्रम तिव्ररुपमा बढिरहेको हुदाँ ती स्थानमा व्यवस्थित नगर योजना बनाएर बाटो, खानेपानी, ढल निकासा इत्यादीको समयमै विकास गर्नुपर्ने चुनौती रहेको छ । बाधझोडा, किचमगणी, कालीखोला, मंगलस्मृति प्रतिष्ठान, भूल्के जलाधार, मझुवा बाँध, पचाम ग्रामथान जस्ता ठाँउहरुले अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता एवम् एेतिहासीक तथा सांस्कृतिक महत्व बोकेको छ । भौगोलिक कालखण्डको इतिहासमा यहाँ बग्ने साना र ठूला नदी, नालाहरु, प्रस्ताप पोखरी , ताल, तलैयाहरुको निर्माण हुन गएकाे र त्यसमध्ये पनि लोहोन्द्रा, किस्ति खोला , झरना खोला, सुकुना, पश्चिम सिमानामा मदाहा खोला यहाँको मुख्य नदीहरु रहेका छन् । 

राष्टिय जनगणना, २०६८ अनुसार कोसीहरैँचा नगरपालिकाको जनसंख्या ४७७८२ जना रहेको छ जसमध्ये पुरुष ४६‍.७५ प्रतिशत र महिला ५३.३५ प्रतिशत रहेको छ । जनगणना अनुसार लैंगिक अनुपात अर्थात प्रति १०० महिलामा पुरुषको संख्या ८७.७८ रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार कोसीहरैँचा नगरपालिकामा १०३५९ घर परिवार रहेका छन् । जसमध्ये ६९.९४ प्रतिशत घरमा पुरुष घरमूली र करीब ३०.०६ प्रतिशत महिलाहरु घरमूली भइ घरको मूख्य जिम्मेवारी लिइएको देखिन्छ । हाल यस नगरमा प्रति परिवार ‍औषत ५.७२ जना सदस्य रहेको देखिन्छ । त्यस्तै गरी यस नगरमा नेपाली भाषालार्इ मातृभाषाको रुपमा बोल्नेहरुको जनसंख्या ५७.११ प्रतिशत रहेको छ  भने अन्य भाषालार्इ मातृभाषाको रुपमा बोल्नेहरुको जनसंख्या ४२.७३ प्रतिशत रहेका छन् । पछिल्लो राष्ट्रिय जनगणना, २०६८ अनुसार यस नगरमा ५३ वटा जातजातीको बसोबास रहेको पाइन्छ भने १४ वटा मातृ भाषाभाषीहरु बोलीने गरीएको देखिन्छ । यस नगरका प्रायजसो सामुदायका अधिकांश मानिसहरुले धर्मको रुपमा सनातन हिन्दु धर्मलार्इ स्विकारेको देखिन्छ । 

कोसीहरैँचा नगरपालिकाको जलवायुको आधारमा बसोबासको लागि तराइका अन्य नगरहरु मध्ये उपयुक्त मानिएकाे छ । ग्रामिण क्षेत्रको सडकहरुको संजाल समेत विकास भैरहेकाे र शिक्षा,स्वास्थ जस्ता सुविधाहरु समेत अन्य नगरहरुको दाजोँमा सुलभ रहेको सन्दर्भमा नगरका सहरी क्षेत्रको वरपर मात्र नभै ग्रामिण क्षेत्रमा समेत बस्ती एवम् बस्ती श्रृखलाहरुको विकास तिव्र रुपमा भैरहेको छ । हुलाक, टेलीफोन, स्वास्थ्य चौकी र विधालयकाे पहुँचका साथसाथै आन्तरीक बस सेवाको सुगम यातायात सुविधा हुनाले पनि ग्रामिण बस्ति विकासका लागि योगदान पुर्याइरहेकाे पाइन्छ । यस नगरपालिकामा सानाठूला गरी १०७७ भन्दा बढी पसल तथा व्यापारीक प्रतिष्ठानहरु रहेका छन् । यस नगरपालिका भित्र ९ वटा क वर्गको बैंक तथा वितिय संस्थाहरु रहेका छन्  भने ११७ वटा विभिन्न सहकारी संस्था रहेका छन् । नगरभित्र २ वटा रेडीयो स्टेसनहरु रहेको छ । भने ८५.९७ प्रतिशत घरधुरीले बती बाल्न बिधुत प्रयोग गर्ने देखिएको छ । कोसीहरैँचा नगरपालिकाकाे शैक्षिक विकासकाे प्रयासलार्इ २०२८ साल अधि र पछिको अवधिमा तुलनात्मक रुपले अध्ययन गर्दा प्रस्शस्त विकास भएको देखिन्छ । यस नगरकाे साक्षरता दर ७५.४६ प्रतिशत रहेको छ । 
सचेत नागरीक, नगरपालिकाकाे सुन्दर भविष्य प्रति एक मत हुने राजनैतिक दल, उत्साहित करदाता , उत्प्रेरीत अनी लगनशील कर्मचारी नै यस नगरपालिकाकाे परिचय लार्इ स्थापित गराउने मूल अाधार हुन भन्दा अत्यूक्ति नहाेला। बाघझाेडा सिमसार, भुल्के सिमसार, कालिखाेला क्षेत्र र एेतिहासिक किचमगढी क्षेत्रकाे दीगाे विकासका लागि सार्वजनिक नीजि साझेदारीकाे माध्यमबाट वा नगर विकास काेष लगायतका निकायहरु संगकाे ऋण तथा अनुदान सहयाेगमा दीगाे विकासका क्रिर्याकलापलार्इ अगाडी बढाउनका लागि चालू अा व बाटै सम्बन्धित सराेकारवालाकाे सहकार्य र समन्वयमा थप प्रयत्न अगाडी बढाउने नगरपालिकाकाे लक्ष्य रहेकाे छ ।