यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

बार्षिक समीक्षा बैढक सम्पन्न

कोसीहरैँचा नगरपालिका कार्यालयले बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको नयाँ सभाहलमा अार्थिक वर्ष २०७२/०७३ को बार्षिक प्रगति समिक्षा गोष्ठी गरिएको छ ।  गत अार्थिक वर्षमा नगरपालिकाबाट भएका विकास तथा सामाजिक समुदायको स्तर माथि उकास्न गरीएका सम्पूर्ण गतिविधिको जानकारी उपस्थित महानुभावहरुलार्इ गरार्इएको थियो । वार्षिक समिक्षा कार्याक्रममा विभिन्न राजनैतीक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय समाजिक संघ संस्थाका प्रतिनिधिहरु, वडा नागरीक मञ्च, नागरीक सचेतना केन्द्र, सरोकारवाला, समाजसेवी, बुद्धिजिवी लगायतको सक्रिय सहभागिता रहेको थियो ।

गत अार्थिक वर्षमा १५ करोड २६ लाख बराबरको काम सम्पन्न गरेको तथा १ करोड ९७ लाख रकम फ्रिज भएको एवम् १५ किलोमिटर बाटो कालोपत्रे गरिएको जानकारी उत्त कार्यक्रमका गरीएको थियो । सो समीक्षा कार्यक्रममा दलित, आदिवासी जनजाति, अपाङता भएका व्यत्तिहरु, जष्ठनागरीक साथै बाल सञ्जाल, महिला, पिछडा वर्गका प्रतिनिधिहरुको सहभागीता रहेको थियो  ।