यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

कोसीहरैँचा नगरपालिका कार्यालयमा बालभेला सम्पन्न

कोसीहरैँचा नगरपालिका कार्यालयमा नगरस्तरीय बालभेला सम्पन्न भएको छ । नगरपालिकामा बालमैत्री स्थानीय शासन कार्यक्रम लागू भएपछि बालबालिकाका भावना समेटी नगरपरिषदमा लैजान बालभेला गरिएको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख चन्द्रमणि लुइटेलले जानकारी दिनुभयो ।

नगरपालिकालार्इ वि स २०७५ फाल्गुण मसान्त भित्र बालमैत्री नगर बनाउने उदेश्य अनुरुप पनि भेला गरिएकाले उनीहरुको मनोभावना तथा अधिकार स्थापित हुने लुइटेलले बताउनु भयो ।

कार्यक्रममा सहजीकरणका क्रममा बालबालिकालाई मन पर्ने तथा नपर्ने, कहाँ सुरक्षित कहाँ असुरक्षित, बालमैत्री बनाउन के गर्ने भन्नेजस्ता विषयवस्तुहरु सुझावका रुपमा लिइएको थियो । सो क्रममा उनीहरुले विद्यालय जान सहयोग गर्नु पर्ने, वृक्षारोपण गर्नु पर्ने, रक्सी सेवन गर्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने, फोहोर व्यवस्थापनमा उचित ध्यान दिनुपर्नेलगायत सुझाव दिएका थिए । 
उनीहरुबाट आएका विषयबस्तुलाई आगामी नगरपरिषद्मा समेटी कार्यान्वयन गरिने नगरपालिकाका कार्यक्रम अधिकृत निरज न्यौपानेले जानकारी दिनुभएको थियो  । कोशीहरैँचा नगरपालिकाको आ ब २०७४/०७५ को नगर परिषद यहि मिति २०७३ साल पौष १७ गते सम्पन्न हुदैँछ ।