यो कोशिहरैँचा नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। सुन्दरदुलारी नगरपालिका र कोशिहरैँचा नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

कोसीहरैँचा नगरपालिका कार्यालयको कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता

 

१. नेपाल सरकारबाट तोकिएको कार्यालय समयको पालना गर्ने असर संस्कारको विकास गरौं ।

२. तोकिएको अनुशासनमा रही आप्नो का, कर्तव्य, जिम्मेवारी, ईमान्दारीता तथा कर्तव्यपरायणताका साथ पालना गरौं ।

३. नगरपालिकाको कामको सम्बन्धमा आफू माथि अधिकृतले दिएको आज्ञालाई शीघ्रताका साथ पालना गरौं ।

४. प्रचलित कानून बमोजिम दर्ता नभएका र नेपाल सरकारबाट मान्यता नपाएका कर्मचारीको कुनै पनि संगठनको सदस्यता नलियौं ।

५. वर्तमान संविधानले स्थापना गरेको संवैधानिक मान्यताको सम्मान गर्ने बानि बसालौं ।

६. नगरपालिकाको कामको सम्बन्धमा कुनै ब्यक्ति, संघ, संस्थाबाट उपहार, दान दातव्य नलिने र नदिने प्रण गरौ ।

७. सेवाग्राही प्रति शिष्ट र सम्मानजनक व्यवहार गरौं ।

८. नगरवासीहरुको सेवकको रुपमा प्रस्तुत हुने शालिन व्यवहार अवलम्वन गरौं ।

९. कार्यालयबाट तोकिएको जिम्मेवारी तत्परता एवं हार्दिकताका साथ पुरा गरौं ।

१०. सेवाग्राही प्रति पूर्णत जिम्मेवार बन्ने वानि बसालौं ।

११. करले होईन रहरले सेवा गर्ने वानि बसालौं ।

१२. रहरले काम गरौं । हासेर बोलौं ।

१३. पारदर्शी व्यवहार अवलम्वन गरौं ।

१४. नगरवासीको सुसूचित हुने हकको सम्मान गरौ ।

१५. सेवाग्राहीको गुनासो र पिरमार्का प्रति सम्वेदनशिल बनौं ।

१६. महिला, असक्त, अपाङता तथा असहाय सेवाग्राहीलाई प्राथमिकतामा राखि सेवा गर्ने संस्कारको विकास गरौं ।

१७. आफू कार्यरत रहेको संस्थाको हितप्रति सधै सचेत रहौं ।

१८. प्रचलित ऐन कानूनले निषेध गरेको कुनै पनि काम नगरौं ।

१९. जातिय, वर्गिय तथा लैंगिक विभेद हुने कुनै पनि काम नगरौं । सबैलाई सम्मान र सम्मानजनक व्यवहार गर्ने वानि बसालौं ।

२०. नगरको सर्वाङगीड विकास प्रति सदा सर्मपित र सचेत रहेने संस्कारको विकास गरौं ।

२१. बिदा स्वीकृत गर्दा एवं बिदामा बस्दा सेवाग्राहीलाई पर्ने मार्कालाई स्मरण गर्ने वानि बसालौं ।

२२. शाखा–शाखाबीच प्रभावकारी समन्वय गरी कार्यसम्पादन गर्ने गरौं ।